चिकित्सक संघको आन्दोलन फिर्ता, आजबाट अस्पतालका सबै सेवा सुचारु

नवलपुर टुडे
२०८३ साउन १४ | बिहान ०६:०४ बजे

काठमाडौं । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका हुन् ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँचबुदेँ सहमति भएको थियो । सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्य फिर्ता गरेको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए । संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो ।






















