तेस्रो चितवन गोल्डकप भदौ २७ देखि सुरु

नवलपुर टुडे


चितवन । तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल भदौ २७ गतेदेखि सुरु हुने भएको छ । आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस पटक ८ टोली सहभागी हुने संयोजक धुर्व भुसालले जानकारी दिए । सहभागी टिम बारे टुङ्गो लाग्न भने बाँकी रहेको भुसालले बताए । यस अघि पहिलो र दोस्रो संस्करणमा १० टोली सहभागी थिए ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत उत्कृष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक दिन प्लेयर अफ अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भुसालले जानकारी दिए ।

प्रतियोगिताका लागि आन्तरिक तयारी चलिरहेको क्लबका अध्यक्ष लालसिंह गुरुङले जानकारी दिए । तेस्रो चितवन गोल्डकप गत वर्ष नै आयोजना गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । यस अघि प्रथम संस्करणको चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लब तथा दोस्रो संस्करणको उपाधि बुटवल लुम्बिनी एफसीले जितेको थियो ।
यसैबीच चितवन गोल्डकपको नयाँ लोगो र मस्कोट सार्वजनिक भएको छ । क्लबले चितवनको शान एक सिंगे गैंडा अंकित प्रतियोगिताको नयाँ लोगो र मस्कोट आज नै सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने
अरुपनि पढ्नुहोस
सबै
नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

















