एमाले–कांग्रेस गठबन्धन बन्नुमा क्याप्टेन थापाको ठूलो योगदान छ : सभापति देउवा

नवलपुर टुडे

सारांश
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको खुलाएका छन् । आज (शनिबार) काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र आफूलाई नजिक ल्याउन थापाले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
‘यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मलाई नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठूलो योगदान छ । धेरै ठूलो मद्दत गर्नु भएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने । देउवाले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भएपनि यथार्थमा थापा सबैलाई सहयोग गर्ने मान्छे भएको समेत बताए ।
‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नु भएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो,’ उनले भने ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















