काठमाडौँमा कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

नवलपुर टुडे

सारांश
- लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारतका २३ वर्षीय भावर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन् भने उनीहरू कागजातको आवरणमा गाँजा लुकाइछिपाई नेपाल ल्याएका थिए।
- प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

काठमाडौँ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनका अनुसार १० कात्तिकमा अमेरिकाबाट कुरियरमार्फत कागजात (डकुमेन्ट)को आवरणमा लुकाइछिपाई नेपाल ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको हो । उक्त लागुऔषध डेलिभरी नियन्त्रण विधिमार्फत बरामद गरी त्यस कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विदेशबाट कुरियरमार्फत लागुऔषध ल्याइएको भन्ने विशेष सूचना प्राप्त भएपछि ब्यूरोको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कुरियरमार्फत आएको शङ्कास्पद सामग्रीको अनुसन्धान गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
ब्यूरोका सहप्रवक्ता निरौलाले पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले उक्त लागुऔषध नेपाल ल्याउनुको उद्देश्य, त्यसको वास्तविक गन्तव्य तथा यस कार्यमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















