सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

एजेन्सी

सारांश
- बलिउड अभिनेता सलमान खान अभिनित बहुचर्चित फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ ले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) बाट ‘युए १६+’ रेटिङसहित प्रदर्शनको स्वीकृति पाएको छ।
- अपूर्व लाखियाको निर्देशनमा बनेको यो फिल्म देशको रक्षा र परिवारको जिम्मेवारी सम्हाल्ने क्रममा सङ्घर्षरत एक सैनिकको जीवनमा आधारित रहेको छ।
- विभिन्न विवाद र नाम परिवर्तनपश्चात अब यो फिल्म आगामी सन् २०२६ डिसेम्बर ४ तारिखमा सिनेमाघरमा प्रदर्शन हुने पक्का भएको छ।

मुम्बई । बलिउड अभिनेता सलमान खानको लामो समयदेखि रोकिएको फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ ले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) बाट प्रदर्शनको स्वीकृति पाएको छ ।
सीबीएफसीको मुम्बई क्षेत्रीय कार्यालयले बुधवार फिल्मलाई ‘युए १६+’ रेटिङसहितको प्रमाणपत्र जारी गरेको हो ।
स्वीकृति पाएसँगै यो फिल्म आगामी सन् २०२६ डिसेम्बर ४ तारिखमा सिनेमाघरमा प्रदर्शन हुने पक्का भएको छ । अपूर्व लाखियाको निर्देशनमा बनेको यस फिल्ममा सलमान खानसँगै अभिनेत्री चित्राङ्गदा सिंह मुख्य भूमिकामा छिन् ।
फिल्मको कथा देशको रक्षा र परिवारको जिम्मेवारी सम्हाल्ने क्रममा सङ्घर्षरत एक सैनिकको जीवनमा आधारित छ । सीबीएफसीको वेबसाइटका अनुसार ‘मातृभूमि’ को कुल अवधि २ घण्टा ३४ मिनेट १२ सेकेन्ड रहेको छ भने फिल्मले हिन्दी भाषाको श्रेणीमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यस फिल्मको घोषणा सुरुमा ‘ब्याटल अफ गलवान’ नामबाट गरिएको थियो । फिल्ममा सलमान एक सैन्य अधिकारीको भूमिकामा देखिएका छन् ।
प्रारम्भिक चरणमा उनको पात्रलाई भारतीय सेनाको १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नल बिक्कुमल्ला सन्तोष बाबुबाट प्रेरित बताइएको थियो । कर्नल बाबु सन् २०२० जुन १५ मा पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकहरूसँग भएको हिंस्रक झडपका क्रममा सहिद भएका थिए ।
यद्यपि, सलमान खानले गत नोभेम्बर ६ मा आयोजित ट्रेलर सार्वजनिक समारोहमा यो फिल्म कुनै एक सैनिकको जीवनीमा आधारित नरहेको स्पष्ट पारेका थिए । फिल्मले युद्धका समयमा सैनिक र तिनका परिवारले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको उनको भनाइ थियो ।
निर्माण पक्षले सन् २०२६ मार्चमा फिल्मको नाम परिवर्तन गरी ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ राखेको थियो, जसलाई लिएर निकै चर्चासमेत भएको थियो ।

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

अरुपनि पढ्नुहोस
सबै
झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल
















