Opens in a new tab

उच्च अदालत पाटनका एकजना न्यायाधीशका पीएसओले आफैँलाई गोली प्रहार, उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु

नवलपुर टुडे

599Shares

सारांश

  • काठमाडौंको टोखामा पाटन उच्च अदालतका न्यायाधीशका पीएसओ प्रहरी हवल्दार डोलनाथ ढकालले आफ्नै घरमा आफैँलाई गोली प्रहार गरेका छन्।
  • गोली लागेर गम्भीर घाइते भएका ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
  • न्यायाधीशको सुरक्षाका लागि बोकेको पेस्तोलबाट गोली चलेको र घटनाको कारणबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ।
dida bag ad

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका हुन् । बिहीबार साँझ आफ्नै घरमा गोली प्रहार गरेका ढकालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।

गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल लगेका थिए । ढकाल उच्च अदालत पाटनका एकजना न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हुन् । न्यायाधीशको सुरक्षाका लागि बोकेको पेस्तोलले उनले आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट उनको टाउकोमा चोट लागेको थियो ।

घटनाको कारणबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।