भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

उमेश रोकाया


बाजुरा, मंसिर ४ । बाजुरामा भेडा तथा बाख्रापालन गर्ने किसानका लागि पशुपालन व्यवसायमा आकर्षित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी भैरहेको छ । बाजुरामा सञ्चालन हुन लागेको बृहत् भेडा तथा बाख्रापालन कार्यक्रमले किसानलाई पशुपालन व्यवसायमा आकर्षित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।
बाजुराका चारवटा स्थानीय तह स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकालाई समेटेर करिब पाँच अर्ब रुपैयाँ लगानीको बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री नरेशकुमार शाहीको अवधारणा र चार वर्षदेखिको निरन्तर पहलपछि अघि बढेका छन ।
कार्यक्रमले परम्परागत पशुपालनलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जन वृद्धि र स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत किसानलाई अनुदान, पशु स्वास्थ्य सेवा, पशुधन बीमा तथा भेडाको ऊन, मासु र मलको खरिद एवं बजारीकरणको व्यवस्था गरिने योजना छ। यसले किसानको उत्पादनलाई बजारसँग जोड्दै बाजुरालाई भेडा तथा बाख्रापालनको व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके बाजुराको आर्थिक समृद्धि र आत्मनिर्भरताका लागि महत्वपूर्ण उपलब्धि बन्न सक्ने देखिन्छ।
यस कार्यक्रमअन्तर्गत किसानले पाउने सुविधा र सहयोगहरू ADB को आर्थिक सहयोग भेडा तथा बाख्रा पालन गर्न चाहने किसानलाई आवश्यक आर्थिक अनुदान उपलब्ध गराउने, मासुको बजार सुनिश्चितता किसानले उत्पादन गरेका भेडा तथा बाख्राको मासु खरिद गर्ने व्यवस्था मिलाउने र बीमा सुविधा भेडा तथा बाख्रा मरेमा बीमामार्फत क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ
ऊन र मलको बजार भेडाको ऊन तथा पशुपालनबाट उत्पादन हुने मलसमेत खरिद गर्ने व्यवस्था मिलाउने, गोठ निर्माण: भेडाबाख्रा सुरक्षित रूपमा राख्न आवश्यक गोठ तथा आवास संरचना निर्माणमा सहयोग गर्ने र सडक तथा पूर्वाधार: भेडाबाख्रा फार्म सञ्चालन भएका स्थानसम्म सडक बाटो तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यक्रम रहेकोे छ ।
औषधि उपचार पशु बिरामी हुँदा आवश्यक औषधि उपचार, पशु चिकित्सक तथा प्राविधिक सेवा उपलब्ध गराउने भएको छ । अब किसानले भेडाबाख्रा पाल्ने मात्रै होइन, उत्पादनको बजार, बीमा, उपचार र पूर्वाधारको समेत सुनिश्चितता पाउने अपेक्षा गरिएका छन । “परम्परागत भेडाबाख्रापालनलाई आधुनिक र व्यावसायिक बनाऔँ, किसानको आम्दानी बढाऔँ, रोजगारी सिर्जना गरौँ र बाजुरालाई भेडा बाख्रापालनको नमुना जिल्ला बनाऔँ।” भेडाबाख्रा पालन गरौँ, आत्मनिर्भर बनौं” अभियानमा लागिरहेको बताए ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















