बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

नवलपुर टुडे

सारांश
- धादिङको रुबीभ्याली गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा एक ६६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ।
- लापाबाट बोराङतर्फ जाँदै गरेको उक्त गाडी उकालो सडकबाट अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
- दुर्घटनामा परि घाइते भएका अन्य नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
















