Opens in a new tab

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

नवलपुर टुडे

399Shares

सारांश

  • जनकपुरधाममा आगामी मङ्सिर २३ गतेदेखि सुरु हुने श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवलाई व्यवस्थित र भव्य बनाउन विभिन्न समितिहरू गठन गरिएको छ।
  • महोत्सवलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न जानकी मन्दिर परिसरमा सम्पन्न सर्वपक्षीय बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार तथा भौतिक व्यवस्थापनको जिम्मेवारी बाँडफाँट गरेको छ।
  • भारतको अयोध्या लगायत विभिन्न स्थानबाट आउने हजारौँ साधुसन्त र श्रद्धालुहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले मुख्य प्राथमिकतामा राखेको छ।
dida bag ad

जनकपुर। आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।

महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।

महोत्सवको तयारीबारे बिहीबार मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले समिति गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । यस वर्षको महोत्सवलाई विगतका वर्षभन्दा थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा उत्तराधिकारी महन्थ दासले महोत्सव सफल बनाउन आवश्यक तयारी अघि बढाइएको बताए ।

उनले महोत्सवलाई व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले प्राथमिकता दिएको छ ।

बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।