इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

नवलपुर टुडे

सारांश
- इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेको र ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीचको वार्तामा आणविक हतियार नियन्त्रण र क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ।
- इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको भन्ने अमेरिकी आरोपलाई खारेज गर्दै त्यसलाई इराक युद्धअघिको अप्रमाणित दाबीसँग तुलना गरेको छ।

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उनले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् ।
आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ ।
यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन् । ट्रम्पले तीन आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम कम गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताएका छन् । उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्याएका छन् ।
यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्याएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले इरानको आणविक कार्यक्रमसम्बन्धी आरोपपछि अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाइएको भन्दै अमेरिकी दाबीप्रति आपत्ति जनाएका छन् ।
इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रसङ्ग स्मरण गराउँदै उनले अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताएका छन् ।

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव


झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी
अरुपनि पढ्नुहोस
सबै
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन
















