चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

रासस

सारांश
- चिनियाँ राजदूत चाङ माओमिङसहितको सात सदस्यीय टोली तीनदिने भ्रमणका लागि कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।
- टोलीले कोरला नाकाको वर्तमान वस्तुस्थिति बुझ्ने र आजै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
- अन्य प्रमुख व्यापारिक नाकाहरू प्रभावित भइरहेको समयमा भएको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
मुस्ताङ । नेपालका निम्ति चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै शनिबार (असोज १७) उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।
उनी तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेका, टोलीमा पाँच चिनियाँ रहेका र आज (असोज १८) लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, “चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन ।”
कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोसी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतले गरेको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो ।

मधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा

युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन

मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत
अरुपनि पढ्नुहोस
सबै
सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि।।।


३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति















