दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै

नवलपुर टुडे
29


काठमाडौं । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो। कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धता लगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए।
दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा पनि चिनिन्छ। ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्,’ सुवेदीले भने, ‘ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो।’
उनका अनुसार पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई अझै वृहत् बनाउँदै लैजाने योजना छ। नयाँ पुस्तालाई समेत पशुपालन गर्दाको मेहनत र संघर्षको कथा पुस्तुतीकरण रोचक लाग्ने छ । हरेक मंगलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रशारण हुनेछ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले शो निर्माण गरिएको बताए। ‘कृषि कार्यक्रमहरू प्रायः एउटै फम्र्याटमा सीमित भइरहेका बेला विविधिकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो,’ उनले भने, ‘किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ लगेर गरिने यो प्रतियोगितात्मक शोले किसानबीच समन्वयको भूमिका समेत खेल्नेछ।’ खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ।
कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा। शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा। यज्ञराज पाण्डे रहेका छन् .

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर
२०८३ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
२०८३ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने
२०८३ मंसिर ४ | मध्यान्ह ०२:०८ बजे

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो
२०८३ मंसिर ४ | मध्यान्ह ०२:०८ बजे

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु
२०८३ मंसिर ४ | मध्यान्ह १२:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंसिर ४ | मध्यान्ह १२:०८ बजे

द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
२०८३ मंसिर ४ | मध्यान्ह १२:०८ बजे

२०८३ मंसिर ४ | बिहान ११:०८ बजे

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने
२०८३ मंसिर ४ | बिहान १०:०८ बजे












