‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

रासस

सारांश
काठमाडौँ, पुस १ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन, यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताउनुभएको छ । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले पूर्णरूपमा स्वस्थ्य र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पु¥याउनु र खुल्ला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
मन्त्रालयकाअनुसार नेपालमा आज पनि १० मध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट बाँचिरहेका छन् भने दैनिक सरदर १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउने पर्ने अवस्था छ । तनाव वा पीडाको अवस्थामा मनका कुरा विश्वासिलो व्यक्ति परिवारजन र सहकर्मीसँग साट्न र आवश्यक परे स्वास्थ्यकर्मी वा चिकित्सकको सहयोग लिन कहिल्यै नहिच्किचाउन मन्त्रालयले अनुरोध गरेको छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















