काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वका अवसरमा शीतल निवासमा चियापान समारोह आयोजना गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न अपिल गरेका छन् ।
माघी पर्वका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित चियापानमा बोल्दै राष्ट्रपतिले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताएका हुन् । चियापान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि सहभागी थिए ।
पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी पनि समारोहमा उपस्थित थिए । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी थिए ।





























