सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

नवलपुर टुडे

सारांश
- विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालमा सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्न जोड दिएका छन्।
- खुला दिसामुक्त राष्ट्र घोषित भए पनि शतप्रतिशत नेपालीको घरमा शौचालयको सुविधा नपुगेको र सरसफाइको गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
- राष्ट्रिय तथ्याङ्क विभागको प्रतिवेदन अनुसार हाल सुरक्षित खानेपानीको पहुँच ४७.५ प्रतिशत र सुरक्षित सरसफाइ ३९.९ प्रतिशतमा सीमित रहेको छ।

काठमाडौँ । नेपालमा सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्न यस क्षेत्रमा कार्यरत अभियान्ता र विज्ञहरूले सुझाव दिएका छन् । विश्व शौचालय दिवसका अवसरमा स्मार्टवास सोलुसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सरसफाइ स्वस्थ्य जीवनका लागि अनिवार्य आवश्यकता भएकाले यसलाई अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा सांसद जगदीश खरेलले सरसफाइको क्षेत्रमा अपेक्षित नतिजा हासिल गर्न नेपाललाई खुला दिसामुक्त बनाउन चालिएको अभियान जस्तै नयाँ अभियान थाल्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकारको नेतृत्व (लिडरसिप), दातृ निकायहरूको साझेदारी (पार्टनरसिप) र नागरिकको अपनत्व (वनरसिप)लाई संयोजित गरी खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफल भएको बताए । पूर्वमन्त्रीसमेत रहेका खरेलले भने, “अब स्थानीय निकायको नेतृत्वमा पुनर्जागरण अभियान सञ्चालन गरेमा त्यस्तै सकारात्मक र अपेक्षित नजिता ल्याउन सकिन्छ ।”
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले देशलाई खुला दिसामुक्त राख्ने विषयमा सातवर्ष अगाडि महत्वपूर्ण उपलब्धि हासिल भए पनि सरसफाइको गुणस्तर अभिवृद्धि र संरचनाको मर्मतसम्भार तथा सुधारमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले घरायसी सरसफाइबाट सार्वजनिक क्षेत्रको सरसफाईको र विभिन्न उपक्षेत्रको सरसफाइमा ध्यान केन्द्रित हुनु सकारात्मक पक्ष भएको बताए ।
विश्व शौचालय दिवसका अवसरमा आयोजित सो कार्यक्रममा डा नवराज खतिवडाले खुला शौचको अवस्था, शौचालयको उपयोग, शौचालयको सरसफाइ, शौचालयको उपयोगमा पुरुष, महिला र अन्य लिङ्गको सहज पहुँचका क्षेत्रमा देखिएका समस्या र समाधानका बारेमा प्रस्तुति दिएका थिए ।
खानेपानी तथा ढलनिकास विभागका सहसचिव सुरतकुमार बमले शौचालयहरू सुरक्षित, स्वच्छ र समान पहुँचयोग्य बनाउन निर्माण पक्षका प्राविधिक र लगानीकर्ताको पनि प्रमुख भूमिका रहने बताए । युनिसेफ नेपालका खानेपानी सरसफाइ र स्वच्चता क्षेत्र प्रमुख मोहम्मद इफ्रान अल्राईले नेपाल दक्षिण एसियामा नै पहिलो खुला दिसामुक्त राष्ट्र बन्नु गर्वको विषय भएको बताए ।
स्मार्ट वासका अध्यक्ष रामदीप साहको अध्यक्षतामा भएको कार्यक्रमको प्राविधिकसत्रमा एसएनभी नेपालका कृष्ण जिसीले दिसा पिसाबजन्य फोहर व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समावेशिता, युनिसेफ नेपालका वासविज्ञ दण्डिराम विश्वकर्माले सुरक्षित पानी समुदाय र दिगो खुला दिसामुक्त कार्यक्रम, वेल्थ हङ्गर लाइफ/सबल नेपालका किरण श्रेष्ठले मधेस प्रदेशका १० स्थानीय निकायमा सरसफाइको अवस्था, कमल अधिकारीले खुला दिसामुक्तको अवस्थालाई दिगो राख्दै सरसफाइको क्षेत्रमा सुधार ल्याउने विषयमा प्रस्तुति दिएका थिए ।
नेपाल २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषित भएको थियो । हरेक घर र संस्थामा सार्वजनिक शौचालय निर्माण अभियान सम्पन्न गरेर देशलाई खुला दिसामुक्त घोषणा गरेपनि शतप्रतिशत नेपालीको घरमा शौचालयको सुविधा भने नभएको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदनमा सुरक्षित खानेपानीको पहुँच ४७ दशमलव पाँच प्रतिशत, सुरक्षित सरसफाइ ३९ दशमलव नौ प्रतिशतमा सीमित भएको उल्लेख छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















