कपिलवस्तुमा जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ को सेमिफाईनल र फाईनल खेल बर्षादका कारण रोकियो
नन्द किशोर कुर्मी (लालु)

कपिलवस्तु । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा यहि असोज १८ गतेबाट सुरु भएको जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ मा पहिलो चरणका खेल सकिएका छन् ।
कपिलवस्तुका १० वटै पालिकाका टिम उपस्थिती रहेको प्रतियोगितामा पहिलो चरणका खेल सकिएसंगै अब सेमि फाईनल र फाईनल खेल बाँकी रहेका छन् । यो संगै बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् ।
जसअन्तर्गत बाणगंगा र कपिलवस्तु बिच खेल हुने छ भने यशोधरा र विजयनगर बिच सेमिफाईनल प्रतिस्पर्धा हुने छ भने यी २ वटा खेलमा जित हाँसिल गर्ने २ टोलि फाईनलमा प्रवेश गर्ने छन् ।
मौसममा सुधार आएसंगै खेलाडीहरुको समहमतिमा अबका खेल संचालन गरिने आयोजक नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताए ।
यसअघि सेमिफाईनल र फाईनल खेल आज संचालन गर्ने योजना रहेको थियो गएरातिको बर्षाका कारण रद्ध गरिएको हो ।

देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना ८ जनाको मृत्यु

स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतमा

बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

सप्तरीमा कुटपिट गरेको आरोपमा दुईजना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला
















