सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

नवलपुर टुडे
२०८१ साउन ३० | मध्यान्ह ०७:०४ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्।

आजको बैठकमा ४५ सांसद उपस्थित थिए। शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो। तटस्थमा १ मत परेको थियो।सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्। कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए।

माओवादीका ६ सांसद उपस्थित भएनन्। स्वतन्त्र १ सांसदले कतै मत दिएनन्।

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन्। उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन्। सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर आज बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित भएनन्।

माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित भएनन्। त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन्।

कमेन्टहरु