सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

नवलपुर टुडे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्।
आजको बैठकमा ४५ सांसद उपस्थित थिए। शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो। तटस्थमा १ मत परेको थियो।सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्। कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए।
माओवादीका ६ सांसद उपस्थित भएनन्। स्वतन्त्र १ सांसदले कतै मत दिएनन्।
मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन्। उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन्। सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर आज बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित भएनन्।
माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित भएनन्। त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन्।

युवाको सक्रियतामा श्रमदानबाट अबरुद्ध सडक मर्मत

काठमाडौँ उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

गरुडामा छठ पर्वका व्रतालुलाई गजेन्द्र महतोद्वारा १५१ वटा दौरा–सुपली वितरण
अरुपनि पढ्नुहोस
सबै
सिरहामा फिर्ता गर्न भनिएको सरकारी मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

औषधि पसलबाट प्रतिबन्धित लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु : मौसम विज्ञान विभाग

रास्वपाको कोर टिम प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
















