नवलपरासीका पत्रकारहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सामूहिक गिरफ्तारी दिदै

नवलपुर टुडे

सारांश
- नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार नवलपरासी शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ।
- जिल्ला प्रशासन कार्यालय नवलपरासीको मूल गेटमा आयोजित धर्ना कार्यक्रममा पत्रकारहरूको पेशागत सुरक्षा र अधिकारका विषय उठाइएको थियो।
- शाखाका कार्यवाहक अध्यक्ष विकास अधिकारी (बिकु) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र संस्थागत दबाब सिर्जना गर्न आन्दोलन गरिएको बताएका छन्।

नवलपरासी । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका हकहितका विषयलाई उठाउँदै नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ।
पत्रकार महासंघ नवलपरासी शाखाको आयोजनामा आयाेजित कार्यक्रममा नवलपरासीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय नवलपरासीकाे मुल गेटमा धर्ना दिएकाे हाे ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको आन्दोलनमार्फत पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता तथा पत्रकारितासम्बन्धी सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको नवलपरासी शाखाका कार्यबाहक अध्यक्ष बिकास अधिकारी(बिकु)ले जनाएको छ।
नवलपरासी शाखाको आन्दोलनले पेशागत पत्रकारका अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि संस्थागत एकता तथा सामूहिक दबाब आवश्यक रहेको सन्देश दिएको छ।

वित्तीय उत्पीडित तथा किसान मजदुर संगठनकाे रुपन्देही जिल्ला समिति र कार्यलय निर्माण

घोप्टेभीरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

जलवायु परिवर्तनले मेटाउँदै प्राचीनतम मानव कला, इन्डोनेसियाका हजारौँ वर्ष पुराना गुफाचित्र जोखिममा

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन
अरुपनि पढ्नुहोस
सबै
नेपालमै उत्पादित खसीबोका भारत निर्यात, नेपाली मासु पसल बन्द हुने अवस्थामा

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह
















