काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

नवलपुर टुडे

सारांश
- काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच धुलिखेलमा मैत्री पार्क निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने सहमति भएको छ।
- सात करोड रुपैयाँ लागत अनुमान गरिएको यस पार्कको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
- पार्कले पारिवारिक मनोरञ्जन दिनुका साथै स्थानीय आर्थिक गतिविधि बढाउन र दुई पालिकाबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्नेछ।

काभ्रे । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच हस्ताक्षर भएको हाे ।
तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे ।
उाले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे ।

फोन ह्याकिङदेखि क्षेप्यास्त्रसम्म : मोदीपछि पनि भारत–इजरायल रणनीतिक सम्बन्ध किन बलियो रहन्छ ?

डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको अमेरिकी इन्धन नाकाबन्दी हटाउन आग्रह

पत्रकारमाथि सामूहिक गिरफ्तारी र धरपकड गरिएको विरोधमा

सागसब्जी, बिरुवा र च्याउखेतीबाट मनग्य आम्दानी, व्यावसायिक कृषिमा आकर्षित हुँदै किसान

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश
अरुपनि पढ्नुहोस
सबै
हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
















