Opens in a new tab

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नवलपुर टुडे

2.5KShares

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।
  • मंगलबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले संगठनको आगामी कार्यभार, पुनर्निर्माण र स्थानीय निर्वाचन लगायतका एजेन्डा प्रस्तुत गरेका छन्।
  • बैठकमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका छन्।
dida bag ad

ललितपुर, मंसिर ९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्दैछ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।

महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्वासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।

बैठकको कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन्।

त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ। बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।