तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

नवलपुर टुडे

सारांश
- आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने वर्षा र हिमपातको कुनै सम्भावना छैन।
- दिउँसो केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, र राति कोसी तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ।
- बिहानको समयमा उपत्यका, खोँचहरू र तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । आंशिक रूपमा बादल लागे पनि वर्षा र हिमपातको सम्भावना छैन । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव नरहेको विभागले जानकारी दिएको छ ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















