कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग

नवलपुर टुडे

सारांश
- धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले कैलालीका छवटा उपकेन्द्रमार्फत १५ हजार ८५२ क्विन्टलभन्दा बढी धान खरिद गरेको छ।
- सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेसँगै सोही मूल्यमा धान खरिद भइरहेको छ।
- कञ्चनपुरमा भने निर्धारण गरिएको आठ हजार क्विन्टलको कोटा कम भएको भन्दै २० हजार क्विन्टल पुर्याउन माग गरिएकाले केन्द्रबाट निर्णय भएपछि मात्र खरिद प्रक्रिया सुरु हुनेछ।

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरेको छ ।
कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत उक्त परिमाणमा धान सङ्कलन भएको हो ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० निर्धारण गरेको र सोही दरमा धान खरिद भइरहेको थापाले बताए ।
यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो ।
कम्पनीले जिल्लाका छवटा उपकेन्द्रबाट खरिद गरेको धानको विवरण यसप्रकार छ:
मोहनपुर: ३ हजार ९७०.३७ क्विन्टल
सत्ती: ३ हजार ६६.३५ क्विन्टल
टीकापुर: २ हजार ६७५.४६ क्विन्टल
भजनी: २ हजार ३९०.५० क्विन्टल
जोशीपुर: २ हजार ९७.४९ क्विन्टल
गौरीगङ्गा: १ हजार ६५२.१० क्विन्टल
सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न पाउँदा किसानलाई राहत मिलेको छ । यद्यपि, गत वर्षको तुलनामा कोटा घटाइएकाले सरकारी खरिद प्रक्रियाबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद परिमाणमा असर पर्न सक्ने देखिएको छ ।
यसैबीच, सुदूरपश्चिमकै कञ्चनपुरमा भने धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।
समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार कोटा थप गर्न केन्द्रमा पहल भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए । केन्द्रबाट कोटा थप गर्ने निर्णय भएपछि मात्र कञ्चनपुरमा खरिद प्रक्रिया सुरु हुने उनले बताए ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















