पत्रकारमाथि सामूहिक गिरफ्तारी र धरपकड गरिएको विरोधमा

अशोक यादव

सारांश
- नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको राज्यपक्षीय हस्तक्षेपविरुद्ध जिल्ला प्रशासन कार्यालय गौरमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ।
- महासंघले समाचार कक्षमा प्रहरी प्रवेश, पत्रकारमाथि धरपकड, सामूहिक गिरफ्तारी र प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ।
- पत्रकारहरूको श्रम अधिकारको सम्मान गर्न, सञ्चारमाध्यममाथिको अवरोध हटाउन र रोकिएको लोककल्याणकारी विज्ञापन रकम उपलब्ध गराउन महासंघले सरकारसँग माग गरेको छ।

मसिर ९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटले जिल्ला प्रशासन कार्यालय गौर समक्ष धर्ना दिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यपक्षबाट भइरहेको हस्तक्षेप तत्काल रोक्न माग गर्दै महासंघले बुधबार विरोध प्रदर्शनसहित धर्ना दिएको हो ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिएका छन् ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिनु, पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्नु तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास हुनु गम्भीर आपत्तिजनक भएको जनाएको छ ।
त्यस्तै, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने कार्यमा संलग्नमाथि कारबाही नहुनु र पत्रकारलाई समाचार संकलन तथा प्रकाशनमा अवरोध पुर्याइनुले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको महासंघको भनाइ छ ।
सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र गोरखापत्रलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकारको रोजगारी असुरक्षित बनाइएको विषयमा पनि महासंघले असन्तुष्टि जनाएको छ ।
यसैगरी, पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले त्यसको तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर’ भन्ने मुख्य नारासहित आयोजित धर्नामा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
महासंघले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारलाई सामूहिक रूपमा गिरफ्तार गर्ने, समाचार कक्षमा प्रहरी प्रवेश गराउने र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
पत्रकारका अधिकार, प्रेस स्वतन्त्रता र श्रम अधिकारको संरक्षणका लागि महासंघले देशव्यापी रूपमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोही आन्दोलनअन्तर्गत नेपाल पत्रकार महासंघले बुधबार देशभर धर्ना दिएको जनाएको छ ।
महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गरी गिरफ्तार पत्रकारको रिहाइ, पत्रकारमाथि भएको धरपकडको छानबिन तथा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सागसब्जी, बिरुवा र च्याउखेतीबाट मनग्य आम्दानी, व्यावसायिक कृषिमा आकर्षित हुँदै किसान

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो
















