Opens in a new tab

पत्रकार महासंघ सप्तरीद्वारा सामूहिक गिरफ्तारी आन्दोलन

राम नारायण

325Shares

सारांश

  • नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका हकहितका लागि सप्तरी शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ।
  • सप्तरीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिँदै पत्रकारहरूको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको माग गरेका छन्।
  • यस आन्दोलनमार्फत पत्रकारका अधिकार संरक्षणका लागि संस्थागत एकता र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ।
dida bag ad

राजविराज । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका हकहितका विषयलाई उठाउँदै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ।

महासंघ सप्तरी शाखाको आयोजनामा आयाेजित कार्यक्रममा सप्तरीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीकाे मुल गेटमा १ घण्टा धर्ना दिएकाे हाे ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको आन्दोलनमार्फत पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता तथा पत्रकारितासम्बन्धी सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ।

सप्तरी शाखाको आन्दोलनले पत्रकारका अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि संस्थागत एकता तथा सामूहिक दबाब आवश्यक रहेको सन्देश दिएको छ।