जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन

एजेन्सी

सारांश
- जापानी हवाई क्षेत्रमा दुई संदिग्ध रुसी सैन्य विमान प्रवेश गरेपछि जापानले लडाकू विमान परिचालन गरी रुससमक्ष कडा विरोध जनाएको छ।
- जापान सरकारले यस घटनालाई सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भन्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन माग गरेको छ।
- युक्रेन युद्धपछि रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा जापान सहभागी भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ।

टोकियो । आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्दै दुई संदिग्ध रुसी सैन्य विमान प्रवेश गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससमक्ष विरोध जनाएको छ ।
जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै ती रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । उक्त घटनालगत्तै जापानको आत्मरक्षा बलले रुसी विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।
यसैबिच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ । यद्यपि, रुसी विमानले आफ्नो सार्वभौम हवाई क्षेत्र भने उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।
प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर जापान र रुसबीच दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो ।
यसअघि गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले कडा विरोध जनाएको थियो ।

आन्तरिक पर्यटकको रोजाइ बन्दै गुल्मीको रेसुङ्गा पार्क, ४० हजारभन्दा बढीले गरे अवलोकन

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
अरुपनि पढ्नुहोस
सबै
‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

















