Opens in a new tab

दाङका किसान आलु रोप्न व्यस्त

रासस

325Shares

सारांश

  • दाङको राप्ती गाउँपालिका–२ कटाहाका किसानहरू व्यावसायिक तथा घरायसी प्रयोजनका लागि आलुखेतीमा व्यस्त छन्।
  • स्थानीय बजारमा आलुको माग उच्च रहेको र पुस महिनासम्ममा उत्पादन तयार हुने किसानहरूले बताएका छन्।
  • समयमै मलजल, गोडमेल र उचित स्याहार गरेमा एउटै बोटबाट एक किलो वा सोभन्दा बढी आलु उत्पादन लिन सकिने किसानहरूको भनााइ छ।
dida bag ad

दाङ । दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।

स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठुलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए ।

“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उनले भने, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”

आलु उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रूपमा लागेका छन् ।

सामूहिक फूलखेतीले दिलाएको सफलता…

२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

१४९ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे