Opens in a new tab

दशौँ राष्ट्रिय खेलकुदका निम्ति आर्मीको फुटबल टोली सुर्खेतमा

नवलपुर टुडे

423Shares

सारांश

  • कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलका खेलहरू निर्धारित समयभन्दा अगाडि अर्थात् मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएका छन्।
  • प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबको फुटबल टोली सोमबार सुर्खेत आइपुगेको छ र उनीहरूलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीहरूले स्वागत गरेका छन्।
  • दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि पुरुष फुटबलका खेलहरू वीरेन्द्रनगरस्थित रंगशालामा उद्घाटन हुनु अघि नै खेलाइने तयारी गरिएको छ।
dida bag ad

सुर्खेत । आउँदो मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलहरू निर्धारित समयभन्दा अगाडि सञ्चालन गरिने भएको छ । प्रतियोगिताको तयारी र व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुरुष फुटबलका खेल मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन  गर्ने निर्णय गरिएको हो ।

सोही प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबको फुटबल टोली सोमबार (कात्तिक ३०) सुर्खेत आइपुगेको छ । सुर्खेत आइपुगेको टोलीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाहीलगायत व्यक्तिहरूले स्वागत गरे ।

टोलीलाई स्वागत गर्दै परिषद्का सदस्य सचिव चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरे । उनले खेलाडीलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट खेल प्रदर्शन गर्न हौसला प्रदान गरेका थिए ।

दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते गरिनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटनअघि नै सञ्चालन गर्ने तयारी छ । पुरुष फुटबलका खेल सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशालामा सञ्चालन गरिनेछ ।

 

अरुपनि पढ्नुहोस

सबै