मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

नवलपुर टुडे

सारांश
- मुगुमा भएको जिप दुर्घटनामा घाइते भएकी अन्जु थापाको उपचारका क्रममा काठमाडौंको बीएन्डबी अस्पतालमा निधन भएको छ।
- थापाको निधनसँगै सो दुर्घटनामा परी ज्यान गुमाउनेको कुल संख्या चार पुगेको छ।
- गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

मुगु । मुगुमा भएको जिप दुर्घटनामा घाइते भई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी अञ्जु थापाको काठमाडौंस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
उनको निधनसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।
मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा अञ्जु थापाको निधन भएको जानकारी दिए ।
यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घाइतेमध्ये अञ्जुको निधन भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो।


मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण
अरुपनि पढ्नुहोस
सबै
दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
















