सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

नवलपुर टुडे

सारांश
- चितवनको सौराहामा पहिलो पटक हुन लागेको नेपथ्य ब्याण्डको लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ।
- मंसिर ३ गते हुने यस कार्यक्रमका लागि अधिकांश टिकटहरू बिक्री भइसकेका छन् भने १० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।
- संगीत र पर्यटनलाई जोड्ने यस कार्यक्रमले सौराहाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायलाई आर्थिक टेवा पुर्याउने विश्वास गरिएको छ।

सौराहा । पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक हुने लागेको चर्चित ब्याण्ड नेपथ्य लाइभको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो ।
मंसिर ३ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमस्थल सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदान व्यवस्थापनको काम धमाधम भईरहेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले बताए ।
कार्यक्रमका लागि अर्ली बर्ड, विद्यार्थीको सहुलियत टिकट र प्याराफिट सिटिङसहितको प्रथम चरणको भिआईपी टिकट सोल्ड आउट भईसकेको उनले बताए । अब भिआईपी प्रायोरेटी र रेगुलर टिकट मात्र उपलब्ध छन् । कार्यक्रममा चितवनसहित छिमेकी जिल्लाहरु नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट करिब १० हजार दर्शकहरु सहभागी हुने अपेक्षा रहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम संगीत र पर्यटनलाई जोड्न कोशेढुङ्गा हुने श्रेष्ठको भनाइ छ । यस पटक सौराहा आउने पर्यटकहरु प्रकृतिसँगै आफ्नै माटोको सुगन्ध बोकेको नेपथ्यको धुनमा रमाउन पाउने उनले बताए । कार्यक्रमका लागि दिउँसो ४ बजेदेखि गेट खुला हुने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । कार्यक्रममा आउने मध्य चितवन बाहिरका करिब ४० प्रतिशत दर्शक सौराहामा बस्ने हुँदा यसले सौराहाका होटल तथा रेष्टुरा व्यवसायलाई आर्थिक रुपमा पनि टेवा पुग्ने गौतमको भनाइ छ ।

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत
अरुपनि पढ्नुहोस
सबै
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
















