Opens in a new tab

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

नवलपुर टुडे

325Shares

सारांश

  • धनुषाको सहिदनगर नगरपालिकामा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय रामजतन यादव मृत अवस्थामा फेला परेका छन्।
  • मृतकको गालामा धारिलो हतियार प्रहार जस्तो चोट देखिएको र घटनास्थल नजिकै पराल काट्ने दाउ समेत बरामद भएको छ।
  • घटनाको अनुसन्धानका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा लिई शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ।
dida bag ad

जनकपुर । धनुषाको सहिदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, स्थानीय रामजतन यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेका थिए ।

उनी सोमबार बिहान ६ बजे मृत अवस्थामा फेला गरेका थिए । मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियार प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।