छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग

नवलपुर टुडे

सारांश
- आम जनता पार्टीका युवा नेता विजय यादवले सांस्कृतिक पहिचान बोकेको छठ पर्वलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग माग गरेका छन्।
- छठ पर्वको अवसरमा नेता यादवले रौतहटको फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा रहेका छठ घाटहरूको भ्रमण गरी व्रतालु तथा श्रद्धालुहरूसँग शुभकामना आदानप्रदान गरेका छन्।
- सो अवसरमा उनले छठ पर्व प्रकृति उपासना, सामाजिक सद्भाव र सांस्कृतिक एकताको अनुपम प्रतीक भएको बताउँदै यसको संरक्षणमा जोड दिएका छन्।

रौतहट। आम जनता पार्टीका युवा नेता तथा अग्रगामी मोर्चाका युवा नेता एवं फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव ‘निर्बीज’ले लोकआस्था, श्रद्धा र सांस्कृतिक पहिचानको अनुपम पर्व छठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारसँग माग गरेका छन्।
छठ पर्वको अवसरमा नेता यादवले फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा रहेका छठ घाटहरूमा पुगेर व्रतालु, श्रद्धालु भक्तजन तथा स्थानीयवासीसँग भेटघाट गर्दै आशीर्वाद ग्रहण गरेका छन्।
उनले वडा नं. ६ पेटभर्वा र मोतिपुर, वडा नं. ४ टेग्राहा, वडा नं. ३ मेवा, वडा नं. २ शीतलपुर, वडा नं. १ र २ बैरगनिया, वडा नं. १ घुसुकपुर, गम्हरिया, वडा नं. ८ बुनियाद, विजयपुर, लक्ष्मिनिया तथा वडा नं. ७ फतुवालगायतका विभिन्न स्थानका छठ घाटमा पुगेर श्रद्धालुहरूसँग भेटघाट तथा शुभकामना आदानप्रदान गरेका हुन्।
सो अवसरमा नेता यादवले छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, सूर्य उपासना, आस्था, अनुशासन, सामाजिक सद्भाव र सांस्कृतिक एकताको जीवन्त प्रतीक भएको उल्लेख गरे। पुस्तौँदेखि चल्दै आएको यस मौलिक पर्वको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले छठ पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्व समुदायसमक्ष चिनाउन नेपाल सरकारले आवश्यक कूटनीतिक तथा संस्थागत पहल गरी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया अगाडि बढाउनुपर्ने मागसमेत गरे।
कार्यक्रममा जसपा पार्टीका युवा नेता तथा मेयर प्रत्यासी अमृत चौधरी, नेता रामशंकर पासवान, ब्रह्मनारायण यादव, रुदल साह, प्रमोद पासवान, दिपनारायण साह सोनार, उमाशंकर जयसवाल, राधाकान्त यादव, बाबुलाल यादव लगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै नेता यादवले सम्पूर्ण व्रतालु तथा श्रद्धालु भक्तजनको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।


पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
करिब २२ करोडको लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

‘अस्ताउन लाग्या बेल’ टेकबहादुर बोगटी र निर्मला बुढाको देउडा गित सार्वजनिक

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र
















