करिब २२ करोडको लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

रासस

सारांश
- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिक रेवराज तिघारेलाई पक्राउ गरेको छ।
- थाइल्याण्डबाट नेपाल आएका तिघारेले लगेजभित्र बिरालोको खानाको प्याकेटमा लुकाएर ल्याएको उक्त हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको छ।
- पक्राउ परेका तिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको र १५ वर्षसम्म कैद तथा २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

काठमाडौं । नेपाल प्रहरीले साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले साढे पाँच किलो सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागुऔषध ओसारपसारमा संलग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले पक्राउ परेका तिघारे लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । उनका अनुसार प्रहरीले जाँचका क्रममा निजले साथमा ल्याएको लगेजभित्र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको उक्त मात्राको सेतो हेरोइन बरामद गरेको हो ।
बरामद गरिएको हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजारका दरले करिब २२ करोड पर्ने ब्युरोले जनाएको छ । उक्त हेरोइन भारत पुर्याएपछि त्यहाँको बजारमा अझै महँगो मूल्यमा बिक्री हुने गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले बताए ।
पक्राउ परेका तिघारे यसअघि पनि लाओस हुँदै नेपाल दुईपटक आएका र नेपालबाट भारतसम्म लागुऔषध पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट मेकानिकल इञ्जिनियरिङको प्रमाणपत्रसमेत बरामद गरेको छ ।
तिघारेलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । उक्त ऐनअनुसार बरामद लागुऔषधको परिमाण र कसुरको प्रकृतिका आधारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ ।

प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

‘अस्ताउन लाग्या बेल’ टेकबहादुर बोगटी र निर्मला बुढाको देउडा गित सार्वजनिक

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
अरुपनि पढ्नुहोस
सबै
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
















