Opens in a new tab

प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

नवलपुर टुडे

325Shares

सारांश

  • कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमै झै-झगडा र कुटपिट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्रा우 पर्नेमा भीमदत्त नगरपालिका-५ का पाँचजना र वडा नं १७ का एकजना रहेका छन्।
  • प्रहरी कार्यालयअगाडिको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
dida bag ad

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालयअगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का पाँचजना र भीमदत्त नगरपालिका–१७ का एकजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।