वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
- पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ।
- दिउँसो र राति कोसी, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
- तराई, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

करिब २२ करोडको लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरी कार्यालय परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

‘अस्ताउन लाग्या बेल’ टेकबहादुर बोगटी र निर्मला बुढाको देउडा गित सार्वजनिक

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद
अरुपनि पढ्नुहोस
सबै
एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
















