Opens in a new tab

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

नवलपुर टुडे

325Shares

सारांश

  • सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा हरिनगर-६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
  • स्थानीय प्रशासन र प्रहरीको पहलमा तोडफोडबाट क्षति पुगेको पूजास्थललाई तत्काल पुनर्निर्माण गरिएको छ।
dida bag ad

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित टपरा अर्नमा घाटमा रहेको पूजास्थल तोडफोडमा संलग्न सोही ठाउँका १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ करिब साढे सात बजे भक्तजनहरू साँझको अर्घ्य दिएर घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो। घटनामा संलग्न दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।

तोडफोडबाट क्षति पुगेको पूजास्थललाई स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको छ।

अरुपनि पढ्नुहोस

सबै

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे