Opens in a new tab

छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा

नवलपुर टुडे

325Shares

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ मा पुगी स्थानीय छठघाटमा छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ।
  • रौतहटको गरुडास्थित अमरपट्टी छठघाटको अवलोकन गर्दै उहाँले स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणसँग शुभकामना आदानप्रदान गर्नुभएको छ।
  • मधेशका विभिन्न धार्मिक स्थलको भ्रमणले उहाँको स्थानीय जनतासँगको आत्मीय सम्बन्ध र सांस्कृतिक सद्भाव झल्काएको छ।
dida bag ad

सर्लाही ४ । नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स्थानीय छठघाटमा छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको थियो। उहाँले व्रतालुहरूसँगै छठ पर्वको धार्मिक अनुष्ठानमा सहभागिता जनाउँदै स्थानीयवासीसँग पर्वको शुभकामना आदानप्रदान गर्नुभएको थियो।

त्यसैगरी, रौतहटको गरुडा नगरपालिकाकी पूर्व उपप्रमुख एवं नेपाली कांग्रेसकी नेतृ रंगीला देवी जयसवालको विशेष निमन्त्रणामा सभापति थापाले गरुडा नगरपालिका स्थित अमरपट्टी छठ घाटको दर्शन गर्नुभएको छ। सो अवसरमा उहाँले छठघाटको अवलोकन गर्नुका साथै स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग आत्मीय भेटघाट गर्नुभएको थियो।

यसै क्रममा सभापति थापाको वीरगञ्जस्थित प्रसिद्ध घडीअर्वा पोखरी छठघाटमा समेत पुगेर छठीमाता तथा सूर्य भगवान्को पूजाआराधना गर्ने कार्यक्रम रहेको छ।

छठ पर्वको अवसरमा मधेशका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्नुलाई उहाँको मधेशसँगको आत्मीय सम्बन्ध र सांस्कृतिक सद्भावसँग जोडेर हेरिएको छ।

यस्तो छ आजको विनिमय दर

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे