Opens in a new tab

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

नवलपुर टुडे

650Shares

सारांश

  • सिन्धुपाल्चोकको आमायाङ्ग्रीमा प्रकृति, अध्यात्म र स्वास्थ्यलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा योगी अशोक शर्मा भट्टको नेतृत्वमा योग अभ्यास, साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो।
  • नेपाली मौलिक कला र नेवारी संस्कृतिको प्रवर्द्धन गर्न मञ्जुश्री र कुमारीलगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए।
dida bag ad

सिन्धुपाल्चोक । हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ । प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

न्यू भिजन नेपालको आयोजना, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा ४१ जनाको सहभागिता थियो ।

कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराए भने उनकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरियो । उक्त योग तथा ध्यान अभ्यासमा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले समेत सहभागीहरूलाई साथ दिएका थिए ।

त्यसैगरी, नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा सबनम खड्गीले मञ्जुश्री नृत्य र राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गरिन् । साथै, राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले सामूहिक रूपमा नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र आध्यात्मिक वातावरणमा सम्पन्न यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको छ । यस कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति र आध्यात्मिक पर्यटनलाई एकैसाथ जोड्दै स्वस्थ जीवनशैली र आरोग्य पर्यटनको सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

अरुपनि पढ्नुहोस

सबै

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

२०८३ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

विपन्नको उपचार गर्न महायज्ञ

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे