Opens in a new tab

जाडो बढेसँगै पूर्वी तराईमा तातो भक्काको व्यापार चम्कियो, गृहिणीलाई हिउँदको सहारा

नवलपुर टुडे

325Shares

सारांश

  • मोरङको लक्ष्मीमार्गकी माल्दा राजवंशी विगत २२ वर्षदेखि जाडोयाममा तातो भक्का बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएकी छिन्।
  • पूर्वी तराईका आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको लोकप्रिय खाजा बन्दै गएको छ।
  • चामलको पिठोबाट बाफमा पकाएर बनाइने यो परिकार व्यावसायिक रूपमा फैलिँदै जाँदा न्यून आय भएका परिवार र गृहिणीहरूका लागि आर्थिक सहारा बनेको छ।
dida bag ad

मोरङ । जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला निकै व्यस्त छ ।

राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्छिन् । बाइस वर्षअघि प्रतिगोटा एक रुपैयाँमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर दश रुपैयाँ पुगेको उनले बताइन् । चामल, दाउरा तथा अन्य आवश्यक सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उनको भनाइ छ ।

उनका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ । एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन् । जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उनले जानकारी दिइन् ।

नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा तथा लोकप्रिय खाजा बनेको छ । चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय बासिन्दा तथा यात्रुको प्रमुख रोजाइमा पर्ने गरेको छ । पहिले घरमा मात्र बनाइने भक्का पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ । चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ । कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ ।

लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा निकै स्वादिलो हुन्छ ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहेका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यस व्यवसायले न्यून आय भएका परिवारलाई हिउँदमा राम्रो आर्थिक सहारा दिएको छ ।

विशेषगरी घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उनले बताए ।

अरुपनि पढ्नुहोस

सबै

दाङका किसान आलु रोप्न व्यस्त

२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

सामूहिक फूलखेतीले दिलाएको सफलता…

२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

१४९ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे