तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

रासस

सारांश
- तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराइएको छ।
- अतिक्रमण हटाइएको उक्त जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले चार सय वटा टिमुरका बिरुवा रोपेको छ।
- वन क्षेत्रको संरक्षण गर्नुका साथै टिमुरखेतीबाट स्थानीयस्तरमा भविष्यमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ।

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरको बिरुवा रोपेको हो । कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुर रोपिएको हो ।
वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको उनले बताए । डिभिजन वन कार्यालयको तथ्याङ्कसार तनहुँमा ६२४ सामुदायिक वनको क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर रहेको छ । जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन् ।
त्यस्तै, ३० दशमलव ६२ हेक्टर क्षेत्रफलमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन् । जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ ।
वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने प्रमुख रानाभाटले बताए ।

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै


सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
अरुपनि पढ्नुहोस
सबै
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

प्रस्तावित यौन हिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता छ : सरोकारवाला
















