Opens in a new tab

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

नवलपुर टुडे

3.5KShares

सारांश

  • कार्तिक शुक्ल षष्ठीका अवसरमा आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्वको मुख्य विधि मनाइँदैछ।
  • चार दिनसम्म चल्ने यस पर्वमा कठोर व्रत बसी विधिपूर्वक पूजा गरेमा परिवारको कल्याण हुनुका साथै रोग र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ।
  • पहिले तराईमा मात्र सीमित रहेको छठ पर्वले हाल राष्ट्रिय स्वरूप प्राप्त गरेको छ र राजधानीसहित देशका विभिन्न नदी तथा पोखरी किनारहरूमा विशेष तयारी गरिएको छ।
dida bag ad

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो।

पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको लोककथन छ ।

यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत बसेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन् । छठको व्रत बस्दा दुःख र दरिद्रताबाट मुक्ति मिल्नुका साथै सन्तान र परिवारको भलो हुने जनविश्वास छ । सूर्यको आराधना गर्दा छालासम्बन्धी रोग निको हुने धार्मिक मान्यतासमेत रहेको छ।

व्रतविधिअनुसार चतुर्थीका दिन स्नान गरी एक छाक शुद्ध भोजन गरिन्छ भने पञ्चमीका दिन सखर हालेर बनाइएको खीर (खरना) चढाएर नुन नखाई फलाहार गरिन्छ ।

मुख्य दिन षष्ठीमा निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

उनका अनुसार षष्ठीको रातभर जाग्राम बसी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

पहिले तराईको सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले अहिले राष्ट्रिय स्वरूप लिएको छ । छठ पूजाका लागि राजधानीको गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वागमती, नख्खु र विष्णुमती नदी किनारहरू विशेष रूपमा सजाइएको छ ।

अरुपनि पढ्नुहोस

सबै

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे

वाग्मतीसहित यी प्रदेशमा छ वर्षाको सम्भावना

२०८३ कार्तिक ३० | बिहान ०७:०७ बजे