गिनीमा सुन खानी विवादमा १० जनाको मृत्यु

एजेन्सी

सारांश
- गिनीको उत्तरपूर्वी सिगुइरी जिल्लामा अवैध सुन खानीमा लगाइएको प्रतिबन्धको विरोधमा सुरक्षा बल र मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ।
- घटनाका क्रममा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् भने सुरक्षा बलको कडा उपस्थितिका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
- सरकारले अवैध खानी क्षेत्रबाट हजारौँ विदेशी नागरिकलाई निष्कासन गरेपछि छिमेकी मुलुक मालीमा मानवीय सङ्कट उत्पन्न भएको छ।

गिनी । अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।
सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ ।
कारबाहीपछि छिमेकी मुलुक मालीतर्फ पनि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको थियो ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















