इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

एजेन्सी

सारांश
- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्न तत्काल कूटनीतिक वार्ता पुनः सुरु हुनुपर्नेमा जोड दिएका छन्।
- इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको भेटमा एर्दोगानले शान्ति सुनिश्चित गर्न साझा सहमतिको आधार बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
- इरानले प्रतिबन्ध हटाउने र सम्पत्ति फुकुवा गर्ने माग स्वीकार भएमा महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलमार्ग पुनः खोल्न तयार रहेको बताएको छ।

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपर्ने बताएका छन् । उनले आफ्ना इरानी समकक्षीसँगको वार्तापछि यो धारणा सार्वजनिक गरेका छन् ।
एर्दोगानले टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलनको क्रममा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट गरेकाे पुष्टि उनको कार्यालयले जनाएको छ ।
वार्ताका क्रममा एर्दोगानले ‘अबिलम्ब वार्ताको टेबलमा पुग्नुको महत्त्व’ रहेकोमा जोड दिए र टर्कीले शान्ति सुनिश्चित गर्ने प्रयासलाई निरन्तर समर्थन गर्ने बताए ।
“सहमतिको साझा आधारलाई मजबुत बनाउनुपर्छ र कूटनीतिलाई मौका दिनुपर्छ,” उनले भने । उनले अमेरिकासँगको द्वन्द्व ‘सकेसम्म चाँडो अन्त्य हुनेमा’ विश्वास पनि व्यक्त गरे ।
मध्यपूर्वको यो युद्ध फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको थियो, जसमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी लगायत कैयौँ नेता मारिएका थिए ।
अमेरिकी आक्रमणको बदला लिन भन्दै इरानले क्षेत्रका विभिन्न देशमा मिसाइल र ड्रोन प्रहार ग¥यो भने लेबनान, यमन र इराकमा रहेका उसले समर्थन गर्ने समूहहरू पनि द्वन्द्वमा सामेल भए ।
बुधबार संयुक्त राष्ट्र सङ्घीय जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले संयुक्त राज्य अमेरिका र इजरायललाई इस्लामिक गणतन्त्रमाथिको आक्रमणका क्रममा गम्भीर वातावरणीय क्षति पुर्याएको आरोप लगाएका छन्।
“अमेरिका र यहुदी शासनद्वारा इरानमाथि हालै भएको आपराधिक र अवैध आक्रमणले वातावरणमा गम्भीर क्षति पुर्याएको छ, जसले वायुमण्डलमा प्रदूषक र हरितगृह ग्यासको ठूलो मात्रा निष्कासन गरेको छ,” उनले भने ।
युद्ध अन्त्य गर्न वार्ता गर्ने प्रयासलाई कतार र पाकिस्तानको नेतृत्वमा भएका कूटनीतिक छलफलले बल दिएका छन् भने टर्कीलगायतका केही मुलुकले यसलाई थप बल प्रदान गरेका देखिन्छ ।
तेहरानले रोकिएका सम्पत्ति फुकुवा गर्ने र प्रतिबन्ध हटाउने लगायतका मागहरू वासिङ्टनले स्वीकार गर्नुपर्ने बताएको छ। यसको बदलामा द्वन्द्व सुरुदेखि नै नाकाबन्दी गरेको महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलमार्ग पुनः खोल्न इरान तयार छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















