नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

एजेन्सी

सारांश
- चार वर्षअघि नासाले पृथ्वीको प्रतिरक्षा परीक्षणका क्रममा ठोक्काएको क्षुद्रग्रहको युरोपेली अन्तरिक्ष एजेन्सीको ‘हेरा’ यानले नजिकबाट निरीक्षण सुरु गरेको छ।
- कारको आकारको हेरा यानले हाल ‘डिडिमोस’ र ‘डिमोर्फोस’ क्षुद्रग्रहको २५ देखि ३० किलोमिटरको दूरीबाट अध्ययन गरिरहेको छ भने आगामी महिना २० किलोमिटर नजिक पुग्नेछ।
- उक्त यानमा रहेका २५ वटा वैज्ञानिक उपकरण र क्युबस्याटमार्फत क्षुद्रग्रहको सूक्ष्म सर्वेक्षण गर्नुका साथै त्यसमा अवतरण गर्ने प्रयाससमेत गरिनेछ।

लण्डन । चार वर्षअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको प्रतिरक्षा परीक्षणका क्रममा ठोक्काएको क्षुद्रग्रहको युरोपेली अन्तरिक्ष यानले नजिकबाट निरीक्षण सुरु गरेको छ।
युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले बुधबार घोषणा गरेअनुसार ‘हेरा’ नामक अन्तरिक्ष यानले अहिले ‘डिडिमोस’ क्षुद्रग्रह र त्यसको सानो उपग्रह ‘डिमोर्फोस’ को २५ देखि ३० किलोमिटरको दूरीबाट अध्ययन गरिरहेको छ।
पृथ्वीलाई भविष्यमा आउन सक्ने घातक अन्तरिक्ष चट्टानबाट जोगाउन सकिन्छ वा सकिँदैन भनी परीक्षण गर्न नासाले सन् २०२२ मा आफ्नो ‘डार्ट’ यानलाई जानिजानी डिमोर्फोसमा ठोक्काएको थियो। उक्त ठक्करले डिडिमोसको परिक्रमा गर्ने डिमोर्फोसको कक्षलाई छोट्याइदिएको थियो भने सूर्यको परिक्रमा गर्ने यसको मार्गमा समेत सामान्य परिवर्तन ल्याएको थियो।
सन् २०२४ मा प्रक्षेपण गरिएको सानो कारको आकारको हेरा यान आगामी महिना उक्त क्षुद्रग्रहको अझ नजिक अर्थात् २० किलोमिटरको दूरीमा पुग्नेछ। ईएसएका अधिकारीहरूले यस अभियानलाई आफ्नो उत्कृष्ट रोबोटिक जासूसमार्फत गरिने ‘दुर्घटनास्थलको अनुसन्धान’ का रूपमा लिएका छन्।
हेरा यानमा २५ वटा वैज्ञानिक उपकरणका साथै जुत्ताको बाकस आकारका दुईवटा ‘क्युबस्याट’ रहेका छन्। यी उपकरणले डिमोर्फोसको अझ सूक्ष्म सर्वेक्षण गर्नेछन् भने त्यसमा अवतरण गर्ने प्रयाससमेत गर्नेछन्।
डार्ट (डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट) यान ठोक्किँदा डिमोर्फोसबाट ढुङ्गा र चट्टानका टुक्राहरू उछिट्टिएका थिए, जसले ठक्करको गतिलाई थप बल पुर्याएको थियो।
उछिट्टिएका भग्नावशेषको धर्सा महिनौँसम्म अन्तरिक्षमा १० हजार किलोमिटरभन्दा परसम्म फैलिएको थियो। तीमध्ये केही भग्नावशेष अझै पनि आसपासमै हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। करिब १५१ मिटर (५०० फिट) व्यास भएको डिमोर्फोसको तुलनामा डिडिमोस करिब ७८० मिटर व्यासको छ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















