ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटवार्ताबारे अमेरिका र चीनका विदेशमन्त्रीबिच छलफल

एजेन्सी

सारांश
- अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन वार्तामा ट्रम्प र सी जिनपिङको आगामी उच्चस्तरीय भ्रमणबारे छलफल भएको छ।
- दुवै देशबीच शान्ति र आणविक निःशस्त्रीकरणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुने त्रिपक्षीय भेटवार्ता गराउने सम्भावनाबारे कुराकानी भएको छ।
- चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार बढाउने र सन् २०२६ का अन्तर्राष्ट्रिय सम्मेलनहरू सफल पार्न सहयोग गर्ने प्रतिबद्धતા व्यक्त गरेका छन्।

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबिचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको हो ।
सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी–२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि सो अवसरमा छलफल भएको थियो ।
दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यसै क्रममा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको हो ।
यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबिच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक निःशस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको ट्रम्पको भनाइ छ ।
टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको उल्लेख गरे । साथै, सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
अमेरिका र चीनबिचको पछिल्लो संवादलाई आगामी उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीसँगै द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा हेरिएको छ ।

सरसफाइको क्षेत्रमा पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

जापानमा प्रधानमन्त्री ताकाइचीको नीतिविरुद्ध प्रदर्शन

एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर

कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
अरुपनि पढ्नुहोस
सबै
सलमान खानको बहुप्रतीक्षित फिल्म ‘मातृभूमि’ सेन्सर पास, आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

चित्रसारीमा तीन दिने एकादशी मेला सुरु

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
















