Opens in a new tab

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

नवलपुर टुडे

3.6KShares

सारांश

  • आज यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाइँदैछ।
  • दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने परम्परा रहेको छ।
  • भाइटीकाका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको जनाएको छ।
dida bag ad

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

आज दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले बताएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।