Opens in a new tab

चोरमारामा स्कुटर अनियन्त्रित भएर पल्टियो, चालक गम्भीर घाइते

नवलपुर टुडे

429Shares

सारांश

  • पूर्वी नवलपरासीको चोरमारा उकालोमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा कावासोती–८ निवासी ५३ वर्षीय प्रकाश लामाको अनुहार, टाउको र हातखुट्टामा गम्भीर चोट लागेको छ।
  • प्रहरीले घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पठाएको छ र स्कुटर नियन्त्रणमा लिएको छ।
dida bag ad

कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारा उकालोमा स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा कावासोती नगरपालिका–८ निवासी ५३ वर्षीय प्रकाश लामा गम्भीर घाइते भएका छन्। उनको अनुहार, टाउको तथा हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

आज दिउँसो ग.प्र.०४–००१ प ३००० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइते लामालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको थियो।

दुर्घटनामा परेको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

अरुपनि पढ्नुहोस

सबै

साढे तीन लाखका पटका बरामद

२०८३ कार्तिक २४ | मध्यान्ह ०४:०७ बजे