पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

रासस

सारांश
- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय याम र चाडपर्व सुरु भएपछि अवलोकनकर्ता पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ।
- चालू आर्थिक वर्षको साउनदेखि कात्तिक २० गतेसम्मको अवधिमा स्वदेशी तथा विदेशी गरी कुल २० हजार ९ सय ३८ जनाले सङ्ग्रहालयको अवलोकन गरेका छन्।
- हिमाली जीवनशैली, पर्वतीय पर्यटन, तथा विभिन्न जातजातिका रीतिरिवाज र संस्कृतिको बारेमा जानकारी पाइने भएकाले यो सङ्ग्रहालय आकर्षक गन्तव्य बन्दै गएको छ।

कास्की । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पर्यटकीय याम सुरु भएसँगै सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिएकी छन्।
चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनले बताएकी हुन्।
साउनमा चार हजार ९ सय ९९ जना, भदौमा तीन हजार ३ सय ४७ जना, असोजमा छ हजार ४ सय ३ जना र कात्तिक २० गतेसम्म छ हजार १ सय ८९ जना स्वदेशी तथा विदेशी पर्यटक सङ्ग्रहालय पुगेको तथ्याङ्क छ।
पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गराउने उद्देश्यले यो सङ्ग्रहालय निर्माण गरिएको हो। हिमाली जीवनका साथै पर्वतीय पर्यटनका क्षेत्रलाई नजिकबाट नियाल्न पाइने भएकाले यो ठाउँ आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ। सङ्ग्रहालय पुग्ने पर्यटकले हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृति र भौगोलिक अवस्थाका विषयमा विस्तृत जानकारी पाउन सक्छन्।

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
अरुपनि पढ्नुहोस
सबै
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट
















