Opens in a new tab

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

नवलपुर टुडे

294Shares

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ तथा तिहारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सद्भावको शुभकामना व्यक्त गर्नुभएको छ।
  • उहाँले म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने तथा गोवर्द्धन पूजाले प्रकृतिप्रतिको कृतज्ञता झल्काउने उल्लेख गर्नुभएको छ।
  • राष्ट्रिय विभूति शङ्खधर साख्वा द्वारा गरिब जनताको ऋणमोचन गरी लिच्छविकालमा यो मौलिक संवत् सुरु गराइएको ऐतिहासिक पृष्ठभूमि रहेको छ।
dida bag ad

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गरेका छन्।

‘आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ,’ अध्यक्ष ओलीले भने, ‘गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ।’

‘म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना,’ उनले थपे, ‘न्हु दँया भिन्तुना!’

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो।