नौ वर्षपछि चारलेन सडक निर्माण सम्पन्न : फेरियो खजुरा बजारको मुहार

नवलपुर टुडे

सारांश
- विगत नौ वर्षदेखि अलपत्र परेको नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुरा बजार क्षेत्रको चारलेन सडक निर्माण सम्पन्न भएको छ।
- हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा सात करोड रुपैयाँभन्दा बढी लागतमा मट्टहवा–एनएटी–स्टेटलाइट जेभीले ‘अक्सफाल्ड प्रविधि’बाट सडक कालोपत्रे गरेको हो।
- सडकको स्तरोन्नति भएसँगै यात्रुले पाउँदै आएको सास्ती अन्त्य हुनुका साथै खजुरा बजारको मुहार फेरिएको छ।

बाँके । विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि खजुरा बजारको मुहार फेरिएको छ।
नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र अवस्थामा छोडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा सडकको स्तरोन्नति गरिएको हो।
खजुरा बजार क्षेत्रमा १६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथसहित स्तरोन्नतिको कार्य गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए। उनका अनुसार एक हजार ८०० मिटर सडक र त्यसैअन्तर्गत पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम गरिएको हो।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकको २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा अलपत्र अवस्थामा रहेको खजुराबजार खण्ड हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर निर्माण गरिएको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट रु सात करोड एक हजार ६९ मा ठेक्का पाएको निर्माण कम्पनी मैटहवा–एनएटी–स्टेटलाइट जेभीले कुल एक हजार ८०० मिटर सडकमा अहिले ‘अक्सफाल्ड प्रविधि’बाट कालोपत्रे गरेको योजना प्रमुख भण्डारीले जानकारी दिए।
चार लेन सडक निर्माण गर्न विसं २०७४ मा सडक डिभिजनबाट ठेक्का लगाइएकामा ठेकेदार कम्पनीबाट गुणस्तरहीन र अधुरो अवस्थामै अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीले विगत नौ वर्षदेखि सास्ती खेप्दै आएका थिए। सडकको स्तरोन्नति भएसँगै हाल खजुरा बजारको मुहार फेरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले बताए।
अध्यक्ष बिकका अनुसार विसं २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडक २०७७ चैतमा सम्पन्न गर्नुपर्ने थियो। सडक डिभिजनबाट पटक-पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण योजना सम्पन्न हुन सकेको थिएन। निर्माण गरिएको सडक पनि गुणस्तरहीन भएपछि स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका थिए। त्यसबीचमा स्थानीयको लगातारको विरोध र ठेकेदारको लापरबाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो।
यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडकलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तरोन्नति गरेपछि खजुरा बजारको पहुँच पनि बढेको अध्यक्ष बिकले उल्लेख गरे।

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
अरुपनि पढ्नुहोस
सबै
इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला
















