शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

नवलपुर टुडे

सारांश
- शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धि भई खाद्य सुरक्षामा गम्भीर चुनौती थपिएको छ।
- जलवायु परिवर्तन र एल निनोको प्रभावले गर्दा सन् २०२६ दोस्रो तातो वर्ष बन्ने तथा २०२७ मा तापक्रमको नयाँ कीर्तिमान कायम हुने सम्भावना रहेको छ।
- बाली उत्पादनमा आएको कमी, इन्धन र मलको मूल्य वृद्धिका कारण विश्वबजारमा खाद्यान्नको मूल्य बढ्ने र न्यून आय भएका परिवारमा कुपोषणको जोखिम बढेको छ।

बैंक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना रहेको जलवायुविज्ञको भनाइ छ ।
एल निनोले मानव गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिलाई थप तीव्र बनाएको युरोपेली संघ (ईयू)को जलवायु अनुगमन संस्था कोपर्निकसले जनाएको छ । अक्टोबरमा विश्वको औसत र समुद्री सतहको तापक्रम उच्च विन्दुमा पुगेको संस्थाले जनाएको छ ।
एल निनोका कारण पेरुमा बाढीको जोखिम बढेपछि सरकारले देशका विभिन्न भागमा आपत्कालीन अवस्था घोषणा गरेको छ । त्यहाँ ९० लाखभन्दा बढी मानिस अर्थात् कुल जनसंख्याको करिब एकतिहाइ बाढीपहिरोको जोखिममा छन् । बोलिभियाले पनि यसअघि राष्ट्रिय आपत्काल घोषणा गरेको थियो ।
एसियामा खडेरीका कारण जलविद्युत् उत्पादन प्रभावित हुने चिन्ता बढेको छ । श्रीलंकाले जलाशयमा पानीको मात्रा बढेपछि विद्युत् महसुल वृद्धि योजना फिर्ता लिए पनि सन् २०२७ को पहिलो ६ महिनामा गम्भीर खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ ।
फिलिपिन्सले एल निनोको प्रभावबाट कृषि क्षेत्रलाई जोगाउन ९८ करोड अमेरिकी डलरभन्दा बढी रकम छुट्ट्याएको छ । त्यहाँ एल निनो र इरान युद्धका कारण इन्धन तथा मलको मूल्य बढ्दा सेप्टेम्बरसम्मको तीन महिनामा धान उत्पादन १८ प्रतिशतले घटेको छ ।
कोपर्निकसका अनुसार, २०२६ सन् २०२४ जत्तिकै वा त्यसभन्दा बढी तातो वर्ष हुने सम्भावना २० प्रतिशत छ । अक्टोबरमा ३३ देशमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको एएफपीको विश्लेषण छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले एल निनोका कारण बाली उत्पादन घट्ने र बाढीले खाद्यान्न भण्डारण तथा ढुवानी प्रभावित हुने भएकाले विश्वबजारमा खाद्यवस्तुको मूल्य बढ्न सक्ने बताएका छन् । इरान युद्धका कारण इन्धन र मलको मूल्य समेत बढेकाले न्यून आय भएका परिवार थप प्रभावित हुने उनको भनाइ छ । यसले खाद्यान्न उपभोग घट्ने र कुपोषण बढ्ने जोखिम समेत निम्त्याउन सक्छ ।
एफएओले एल निनोबाट खाद्यसंकटको जोखिममा रहेका २२ देशलाई सहयोग गर्न दुई करोड अमेरिकी डलर माग गरिए पनि आवश्यक रकमको २० प्रतिशत मात्र प्राप्त भएको जनाएको छ ।

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला
अरुपनि पढ्नुहोस
सबै
चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण
















